२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

शनिबार बुटवल कोरा २०२३ हुँदै, डेढ सय जना साइकिलिस्ट सहभागी हुने



बुटवल । बुटवलमा शनिबार ´बुटवल कोरा २०२३` हुने भएको छ । रुपन्देहीका साईक्लिङ क्लबहरुको आयोजनामा शनिबार ´बुटवल कोरा २०२३` साइक्लिङ च्यालेन्ज हुने भएको हो ।

पाथवे र लेविस रेष्टुरेन्टको मुख्य प्रायोजन, टिएलएसडी र राईट एण्ड एशोसियटको सहप्रायोजन, ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल सिटी बुटवल, नवलपरासी जिल्ला साईक्लिङ संघ, साईकल सिटि भैरहवा, साईकल साथी सैनामैनाको सहआयोजनामा कोरा २०२३ हुने भएको छ ।

कार्यक्रमका संयोजक किरण श्रेष्ठले वार्षिक योजनाभन्दा केही ढिलो गरि कार्यक्रम आयोजना गर्न लागेको बताए । बुटवल उपमहानगरपालिका वडा न ११, बुद्घनगरका मृगौला खराब भएका गोपाल गहतराजलाई सहयोगार्थ साईक्लिङ कार्यक्रम हुने उनले बताए । पाच सय रुपैया ईन्ट्री बापत लिईएको कार्यक्रममा सहभागी ४५ किलोमिटर दुरी साईक्लिङ गर्ने छन । रुपन्देही, नवलपरासी जिल्लाका सात वटा क्लबहरुका १ सय ५० जना सहभागी हुने उनले बताए ।

दुर्गा मन्दिरबाट शुरु हुने र्यालि बुटवल, तिलोत्तमा नगरपालिका हुँदै दुर्गा मन्दिरमा आईपुगेर समापन हुनेछ । क्लबका सल्लाहकार गणेश श्रेष्ठले मानव स्वस्थ्यसंग साईक्लिङ जोडिएको हुदा पनि यसको महत्व शहरी जिवनशैलीमा बढेको बताए । पछिल्लोसमय मोफसलमा साईक्लिङप्रति सबै वर्गको आर्कषण उनले बताए । कार्यक्रमबाट बचत रकम सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले कोराको मोफसलमा बुटवलमा भित्र्याएको बताए । कार्यक्रममा क्लबका सल्लाहकार गणेश श्रेष्ठ, बुटवल युनाईटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष शिव चौधरी, तिनाउ साइक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङ, साईकल सिटी बुटवलका मनिष पाण्डे, समाजसेवी रोमित बज्राचार्य, पाथ–वे का संचालक सुरज ज्ञवाली, यम बराल, क्लबका अध्यक्ष सुमन श्रेष्ठले सामुहिक रुपमा कोराको टिसर्ट लन्च गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ६ : २६ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको