१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ब्रिटिस एजुकेशन ग्रुपको मदरल्याण्ड स्कुलमा ‘इड्ज प्रोगाम’



काठमाडौ । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ । यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको छ ।

इड्ज (एजुकेशन एण्ड डिजिटल फर गल्स एजुकेशन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ ।
मदरल्याण्डमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को अप्रिलको अन्त्यसम्म चल्नेछ । यस कार्यक्रमका लागि २० जना किशोरीहरु छनोट गरिसकेको स्कुलले जनाएको छ । उनीहरुको समुहलाई अंग्रेजीको मुल्यांकनपछि छनोट गरिएको स्कुलले जनाएको छ । यो कार्यक्रमबाट उनीहरु सबैभन्दा बढी लाभान्वित हुने र सफलता हासिल गर्ने अपेक्षा लिइएको छ ।

स्कुल म्यानेजर शंकर पुडासैनीले प्रत्येक हप्ताको दुई घण्टाको सेसनलाई सम्बोधन गर्नेछन् । उनले भने,‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौँ । उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौँ ।’

मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, चितवन सन् १९९७ मा स्थापना भएको हो । सन् २०२१ मा द ब्रिटिस कलेजले आफ्नो स्वामित्वमा लिएको थियो । दुरदराजमा रहेका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदेश्यले ब्रिटिस कलेजले मदरल्याण्ड स्कुल आफ्नो स्वामित्वमा लिएको थियो । सोही उदेश्यका साथ गुणस्तीय शिक्षा प्रदान गरिरहेको स्कुल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : २८ बजे

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध