३० असार २०८३, मंगलबार | July 14, 2026

प्रदेश खारेज गर्न सजिलो छैन, कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन : शेखर कोइराला



चितवन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ ।

केही केन्द्रीय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा, शेखर कोइरालाले बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।

गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।

स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।

१४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए ।

‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए ।

रुस र युक्रेन बीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यवद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : ४२ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता