२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

क्यान्सर पीडित रानाको उपचारका लागि मणि उजेशद्वारा आर्थिक सहयोग



बुटवल । क्यान्सरबाट पीडित तेस्रोलिङ्गी अधिकारकर्मी महिला आनिक राना मगरलाई लायन्स क्लव अफ बुटवल मणि उजेशले आर्थिक सहयोग गरेको छ ।

मुखको क्यान्सरबाट पीडित भएर उपचाररत राना मगरको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले मणि उजेशले नगद २५ हजार रुपैया सहयोग गरेको हो ।

चितवन भरतपुरको विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रानामगरको हाल किमोथेरापी उपचार भई रहेको छ । क्लवले रानाको उपचारका लागि साहसी कदम नेपालका सचिव रेशम न्यौपाने मार्फत उक्त रकम सहयोग गरेको हो ।

क्लबले बुटवलमा शनिबार गरेको चार्टड डे सेलिव्रेशन, डिजी टिम ३२५ पी भिजिट, र वातावरण जोगाउ अभियान कार्यक्रमको अवसर पारेर मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले साहसी कदम नेपालका सचिव न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन । राना भरतपुर विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रहेकाले न्यौपानेमार्फत उक्त रकम सहयोग गरिएको अध्यक्ष डाक्टर शर्माले बताए ।

चार्टड डे सेलिव्रेशन कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव ३२५ पीका डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम अन्तरगत क्यान्सर पीडितलाई गरिएको सहयोग उदाहरणीय भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षामा क्लवले सकारात्मक भुमिका खेल्दै जाने उल्लेख गर्दै शिक्षा तर्फ विपन्न तथा जेहन्दार विद्यार्थीलाई शिक्षाको अवसरबाट बञ्चित हुन नपर्ने कार्यक्रमहरु ल्याउने उल्लेख गरे ।

क्लबका सचिव पुष्पा कंडेलको संचालनमा भएको कार्यक्रममा फष्ट भिडिजी अर्जुनमान शैजु, पीएमजेफ सुनिल वझा, पाष्ट डिष्ट्रिक गर्भनर महेन्द्रनारायण श्रेष्ठ, क्याविनेट सेक्रेटरी सन्दिप कसौधन, डिष्ट्रिक कोचिफ सुनिता श्रेष्ठ, एरिया चिफ माधव खनाल लगायतले सबैको सहयोगले मात्र क्लवमा सामाजिक सक्रियता बढ्ने बताए ।

मणि उजेशका द्वितीय उपाध्यक्ष रितु गुरुङ्ग र इन्भारमेन्ट प्रोजेक्ट डाईरेक्टर शैलजा श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा क्लवका सदस्य तथा कार्यक्रमका अतिथिहरुलाई विरुवा हुर्काउने सपथका साथ ५० बढी विभिन्न जातका बिरुवाहरु प्रदान गरिएको थियो ।

क्लबले वातावरण जोगाउ अभियानसँगै शिक्षामा सबैलाई अवसर भन्ने उद्देश्यले अहिले ३ जना बालवालिकालाई र यो वर्ष थप ७ जना विपन्न तथा जेहन्दार बालबालिकालाई मावि सम्मको अध्यापन गराउने गरि योजना ल्याएको कोषाध्यक्ष सीमा बस्याल पाण्डेले जानकारी दिइन ।

 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ०० बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि