२० मंसिर २०८२, शनिबार | December 7, 2025

११ करोड बोरा बिक्रि गर्दै शिवम् नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्ट बन्न सफल



कठमाडौं । नेपालकै प्रतिष्ठित एवम् अग्रणी ओ.पि.सि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओ.पि.सि सिमेन्ट बन्न सफल भएको छ । शिवम् सिमेन्टले स्थापना काल देखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओ.पि.सि. सिमेन्ट विक्रि गर्ने उद्योग बन्न सफल भएको हो ।

शिवम् सिमेन्ट एकमात्र ओ.पि.सि उत्पादन गर्ने नेपालकै असली ओ.पि.सि सिमेन्ट हो । ओ.पि.सि मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।

उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन. एस. क्वालिटी अवार्ड–२०१९ (NS Quality Award-2019) प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ ।

सफलताको सबै श्रेय ग्राहक एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : २५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल