२९ भदौ २०८३, सोमबार | September 15, 2026

अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च



रियो दि जेनेरियो । ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्षयताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।

गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरितगृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बन डाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ ।

वातावरणविद्हरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघि सरकारले ल्याएका वातावरण संरक्षण नीति उल्ट्याएका छन् ।

ब्राजिलको वातावरण मन्त्रालयले वातावरणीय अपराधविरुद्ध लड्न बाध्य भएको जनाएको छ । अमेजन संसारको सबैभन्दा ठूलो वर्षावन हो । उक्त क्षेत्रमा रुखहरु काठ र बाली लगाउन काटिन्छन् । यहाँको उत्पादन विश्वव्यापी खाद्य कम्पनीमा आपूर्ति हुन्छ ।

उच्च स्तरको वन फँडानीले आगलागीलाई बढावा दिएको अक्सफोर्ड युनिभर्सिटीका डा. मानोएला मचाडो बताउँछन् ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ०६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ