३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

कोभिड महामारीबीच गुआङ्सीमा २ हजार पर्यटक फसे



गुआङ्सी । चीनको गुआङ्सी क्षेत्रको पर्यटकीय रिसोर्टमा पाँच दिनमा करिब ५०० जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।

कोभिड महामारीबाट बेहाई शहरमा २ हजारभन्दा बढी पर्यटकहरू अलपत्र परेका ग्लोबल टाइम्सले जनाएको छ । छुट्टीको समयमा बिदा मनाउन पर्यटकहरू उक्त रिसोर्ट पुगेका थिए ।

गुआङ्सीको दक्षिणमा अवस्थित बेहाइ सहर यस क्षेत्रको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलहरू मध्ये एक हो । बेइहाईमा जुलाई १२ मा पहिलो लक्षणविहीन संक्रमित देखिएकोमा शनिबारसम्म यो संख्या ४४४ पुगेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ ।

गुआङ्सीको स्थानीय स्वास्थ्य आयोगका अनुसार बेहाइ, नानिङ, गुइलिन, हेझाउ र चोङ्जुओलगायत धेरै सहरहरू प्रकोपबाट प्रभावित भएका छन् । त्यस्तै गुआङ्सीको अन्य सहरमा ३० जनामा लक्षणविहीन संक्रमण देखिएको छ ।

गुआङ्सीको बेहाई सहर ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४४ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा