१५ माघ २०८२, बिहिबार | January 29, 2026

कोभिड महामारीबीच गुआङ्सीमा २ हजार पर्यटक फसे



गुआङ्सी । चीनको गुआङ्सी क्षेत्रको पर्यटकीय रिसोर्टमा पाँच दिनमा करिब ५०० जनामा कोभिड-१९ संक्रमण देखिएको छ ।

कोभिड महामारीबाट बेहाई शहरमा २ हजारभन्दा बढी पर्यटकहरू अलपत्र परेका ग्लोबल टाइम्सले जनाएको छ । छुट्टीको समयमा बिदा मनाउन पर्यटकहरू उक्त रिसोर्ट पुगेका थिए ।

गुआङ्सीको दक्षिणमा अवस्थित बेहाइ सहर यस क्षेत्रको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलहरू मध्ये एक हो । बेइहाईमा जुलाई १२ मा पहिलो लक्षणविहीन संक्रमित देखिएकोमा शनिबारसम्म यो संख्या ४४४ पुगेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ ।

गुआङ्सीको स्थानीय स्वास्थ्य आयोगका अनुसार बेहाइ, नानिङ, गुइलिन, हेझाउ र चोङ्जुओलगायत धेरै सहरहरू प्रकोपबाट प्रभावित भएका छन् । त्यस्तै गुआङ्सीको अन्य सहरमा ३० जनामा लक्षणविहीन संक्रमण देखिएको छ ।

गुआङ्सीको बेहाई सहर ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४४ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा