४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतमा आज राष्ट्रपति निर्वाचन, मुर्मु र सिन्हा प्रतिस्पर्धामा



नयाँ दिल्ली । भारतको १५ औँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदै छ ।

संसदको वर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदै छ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पद को लागि ६४ वर्षीय मुर्मु एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।

ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् ।

त्यस्तै, शिवशेनाका दुबै गुटहरूले पनि उनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे नेतृत्वको गुट र उद्धव ठाकरेको नेतृत्वमा रहेको गुटले पनि उनलाई समर्थन गरिरहेको छ ।

विपक्षी उम्मेदवार यशवंत सिन्हालाई समर्थन गर्ने ठाकरे गुटले १६ सांसदहरूले उद्धव ठाकरेलाई भेटेर मुर्मुलाई मतदान गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ८ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको