३० असार २०८३, मंगलबार | July 14, 2026

नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् : जितेन्द्र नारायण देव



काठमाडौं । राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर संसारका शक्ति राष्ट्रहरु लागेका छन् । नेपाल प्ले ग्राउण्ड नबनोस्,’ सांसद देवले भने, ‘नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाल र नेपाली जनताको हो, तिमीहरु बोल्न पाउँदैनौं भन्न सक्नुपर्छ सरकारले ।’

नेपालको कूटनीतिमा केही चुनौत र केही खतराहरु देखिरहेको उनले बताए । नेपालको आन्तरिक विषयलाई लिएर दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले वाकयुद्ध गरिरहेकोमा उनले आपत्ति समेत जनाए ।

‘हिजो एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) पास हुँदाखेरी चीन एमसीसी पास हुनुहुँदैन भनेर खुलेर आयो । अमेरिका पास हुनुपर्छ भनेर आयो । एसपीपी (स्टेट पार्टनरसीप प्रोग्राम) पास पास होस् भन्ने अमेरिका चाहन्थ्यो । एसपीपीमा नजाने नेपालको निर्णयको चीनले खुलेर स्वागत गर्यो,’ उनले भने ।

नेपालमा कुन विषयमा कसरी जाने भन्ने निर्णय लिने अधिकार सार्वभौम नेपाली जनता र सरकारको अधिकार भएको उनले बताए । उनले चीन र अमेरिकालाई सम्बोधन गरेर एउटा कडा विज्ञप्ति जारी गर्न सरकारको ध्यानाकर्षण समेत गरे ।

केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखले गरेको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गरेको भारत भ्रमणलाई भने उनले सकारात्मक बताए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ३५ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता