५ भदौ २०८३, शुक्रबार | August 22, 2026

प्रचण्डको भारत भ्रमणप्रति एमाले नेता बास्कोटाको कटाक्ष– तालीका गडबड हुनु खासमा अपमान होईन



 

काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् ।

उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।

‘उत्तरी छिमेकीसँग डीनर खाएको चिसो हात पनि सुक्न नपाउँदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका पुर्वप्रम पुष्पकमल दहालले पाईजामा भेटबाट आरम्भ गरेको दौडको क्लाइमेक्स भेट बाटोमै कोल्याप्स भए पनि सफल रहेकोमा शंका रहेन । उनकै आग्रहमा भएको भ्रमणको तालीका गडबड हुनु खासमा अपमान होईन १,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले आज लेखेका छन् ।

भारतको तीन दिने भ्रमण सम्पन्न गरी प्रचण्ड आइतबार स्वदेश फर्केका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताको लागि समय नदिएपछि प्रचण्डले भारतीय विदेशमन्त्री र भारतीय जनता पार्टीका अध्यक्षलाई भेटेर फर्केका थिए ।

नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ५९ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको