२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘करारका कर्मचारी हटाउने निर्णय अन्यायपूर्ण र पूर्वाग्राही’



महोत्तरी । करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुनस् स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।

नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, लोसपा लगायत दलहरूको बैठकले उद्योग बाणिज्य संघ बर्दिबास र खानेपानी तथा सरसफाईको रिक्त कार्यसमितिको बिषयमा समेत ध्यानाकर्षण जनाएका छन् ।

खानेपानी र उद्योग बाणिज्य संघमा नेतृत्व गर्नेहरूनै जनप्रतिनिधिमा निर्वाचित भएका हुनाले विधिअनुसार कार्यसमिति बनाइ पूर्णता दिन सयुक्त अनुरोध गरिएको छ ।

वडा नम्बर १२ का जनप्रतिनिधि तथा वडाध्यक्ष रामकिशोर साहको हातपातको बिषयमा समेत राजनीतिक दलहरूले चासो देखाएका छन् । कार्यकक्षमा नै प्रवेश गरी अध्यक्ष साहमाथि भएको साङ्घतिक हमलाप्रति निन्दा गर्दै दोषीलाई तुरुन्त कारवाही गर्न दलहरूले प्रसासनको ध्यानाकर्षण गराएका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : ४८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका