२१ भदौ २०८३, आइतबार | September 6, 2026

गाउँपालिकाले करार कर्मचारी हटाएपछि ठाटीकाँधमा एमालेको विरोध



सुर्खेत। दैलेखको ठाटीकाँध गाउँपालिकाले करार कर्मचारी हटाएपछि एमालेले विरोध गरेको छ । नेकपा (एमाले) ठाटीकाँध गाउँपालिका कमिटीले बिहीबार विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

एमालेले ठाटीकाँध गाउँपालिकाले राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै आरोप लगाएको छ । गत असार २८ गते ठाटीकाँध गाउँपालिकाले एक सूचना जारी गर्दै विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावमा नियुक्ति गरेका कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएको भन्दै करारका कर्मचारीलाई हटाएको थियो ।

उक्त विषयलाई लिएर एमाले ठाटीकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमारविक्रम शाहीले विभिन्न समयमा प्रक्रिया पूरा गरी रिक्त दरबन्दीमा करार सेवामा नियुक्ति प्राप्तका करार कर्मचारीहरूलाई करार सम्झौता सम्बन्धी मापदण्ड २०७८ को नियम विपरित हटाएको भन्दै विरोध जनाए । उनले भने, ‘पालिकाले गरेको कर्मचारीको करार म्याद थप नगर्ने निर्णयप्रति हाम्रो पार्टीले घोर भर्त्सना गर्दछ ।’

यस्तै, एमालेले सङ्घीय सरकार मार्फत पालिकामा लामो समयदेखि अस्थायी दरबन्दीमा नियुक्ति भई विभिन्न विषयगत शाखामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन, स्तर, मूल्यांकन तथा थप नयाँ अवधिको लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट स्थानीय सरकार सञ्चालन गर्न खोज्नु स्थानीय सरकार र स्थानीय जनताको भावना विपरीतको कार्य भएको ठहर गरेको छ ।

एमालेले गैर–राजनीतिक क्रियाकलापहरू यथाशीघ्र बन्द गर्न स्थानीय सरकार लाई ध्यानाकर्षण समेत गराएको छ । साथै पालिकामा यसअघि कामकाज गरिरहेका करार कर्मचारीहरूलाई काममा निरन्तरता दिन आग्रह गरेको छ ।

यदि पालिकाले कुनै पनि सुनुवाइ नगरेमा र राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरेमा न्याय र समानताको लागि एमाले ठाटीकाँधले जस्तो सुकै कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ८ : ४० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका