१० पुस २०८२, बिहिबार | December 26, 2025

सहमतिमा विवाद टुंगिएपछि तिलोत्तमाको नगरसभाले बजेट पारित गर्ने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ ।

सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा राखिने छ ।

सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ । मंगलबार बस्ने नगरसभा बैठकबाट एमाले जनप्रतिनिधिले उठाएका विषय पनि कार्यसूचीमा राखेर छलफल गर्ने र बजेट पनि पारित गर्ने सहमति भएको हो ।

तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको छैन । विवाद बढ्दै जाँदा प्रहरीले समेत हस्तक्षेप गर्नुका साथै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा(४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्विमिङ पुलमा धकेलिदिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । स्विमिङ पुलमा धकेलेको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए । एमालेका जनप्रतिनिधिले आफूहरू उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आफूहरूलाई हाजिर गर्न नदिएको आरोप लगाउँदै हलभित्र थुन्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

आइतबार एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । सोमबार वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो ।

३१ असारमा बसेको नगर सभा पनि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले स्थगन गरेका थिए । कांग्रेसले न्यायिक समितिका तीन सदस्यमध्ये एक सदस्य आफूले पाउनुपर्ने बताएको थियो ।

एमालेले नगरसभाबाट निर्णय गराएर तीनै सदस्य आफूले राख्न चाहेको थियो । तिलोत्तमामा मेयर कांग्रेसले जिते पनि नगरसभामा एमालेको बहुमत छ । न्यायिक समितिको एक सदस्यको विवाद नमिल्दा बजेट पारित हुन नसकी झडपसम्मको अवस्था आएको थियो । सहमतिपछि कांग्रेसले न्यायिक समितिको एक सदस्य पाउने भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : ५४ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र