१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मानविकी अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सिकाउने भएकाले दबाएको आरोप



भक्तपुर । मानविकी विषयको अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सरोकारवालाहरूले आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् ।

मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा सैजूले मानविकीको मुख्य आकर्षण भनेकै प्रश्न गर्न सिकाउनु रहेको बताइन् । ‘यसको अध्ययनले विद्यार्थीमा समाज किन वर्गमा विभाजित छ भन्ने प्रश्न गराउन सिकाउँंछ,’ उनले भनिन्, ‘समाज धनी र गरिब दुई वर्गमा विभाजित छ भन्ने सिकाउँंछ र यही कारणले यसलाई नीतिगत रूपमै दबाइएको हुन सक्छ ।’

उनले प्रश्न वास्तवमै ठूलो हतियार भएको बताइन् । प्रश्न गर्नसक्ने क्षमताले समाधान निस्कने उनको भनाइ छ । उनले मानविकी संकाय अध्ध्ययन गर्नु भनेको समाज अध्ययन गर्नु रहेको बताए । ‘समाज अध्ययन गर्नु भनेको समाजका समस्याहरू खोतलखातल गर्न सिकाउनु र समाधान पत्ता लगाउन सक्ने बनाउनु हो,’ उनले भनिन् ।

कार्यक्रम चार चरणमा विभाजन गरी भएको थियो । पहिलो चरणमा मानविकी संकायको विषयमा कलेजको मानविकी संकायअन्तर्गत विए बिएएसडव्लू तथा एमए इंग्लिसका इन्चार्ज कमिनिका न्याइच्याईले प्रस्तुतीकरण गरेका थिए । दोस्रो चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमती प्रदेशका सांसदद्धय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग मानविकी संकायबारे छलफल गरिएको थियो ।

तेस्रो चरणमा सहभागीहरूसँंग प्रश्न लिएर प्रश्नउत्तर गरिएको थियो । अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रूपक जोशी, सहप्राचार्य डा।राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरू सहभागी भएका थिए ।

मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ व्यापक बनाउन कार्यक्रम गरेको कलेजले जनाएको छ । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चारवटै संकायमा स्नातकोत्तर तहसम्मै अध्ययन हुन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : २३ बजे

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध