२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नेपालगन्जमा जडानका लागि १६ सीसीटिभी क्यामरा प्रहरीलाई हस्तान्तरण



नेपालगन्ज । नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकाले अत्याधुनिक सीसीटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गरे ।

नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सीसीटिभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सीसीटिभी आवश्यक रहेको भन्दै यसलाई नियमित सन्चालनका लागि उपमहानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताए ।

नेपालगन्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सीसीटिभी क्यामरा जडान भएकोमा नियमित मर्मतसम्भारको अभावमा हाल अधिकाँश सीसीटिभी क्यामरा काम नलाग्ने भईसकेका छन् ।

हस्तान्तरण गरिएका सीसीटिभी क्यामरा तत्कालै जडान गरिने भएको छ । हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपाने, ब्यवसायी सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ५७ बजे

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर