११ बैशाख २०८१, मंगलबार | April 24, 2024

नेपालगन्जमा जडानका लागि १६ सीसीटिभी क्यामरा प्रहरीलाई हस्तान्तरण



नेपालगन्ज । नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उप–महानगरपालिकाले अत्याधुनिक सीसीटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार हस्तान्तरण गरे ।

नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सीसीटिभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सीसीटिभी आवश्यक रहेको भन्दै यसलाई नियमित सन्चालनका लागि उपमहानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताए ।

नेपालगन्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सीसीटिभी क्यामरा जडान भएकोमा नियमित मर्मतसम्भारको अभावमा हाल अधिकाँश सीसीटिभी क्यामरा काम नलाग्ने भईसकेका छन् ।

हस्तान्तरण गरिएका सीसीटिभी क्यामरा तत्कालै जडान गरिने भएको छ । हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपाने, ब्यवसायी सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ५७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना