२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

देश बनाउने दायित्व साझा : मन्त्री चौधरी



काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास सम्भव नहुने भएकाले देश बनाउने दायित्व सबैको साझा भएको बताएका छन् ।

सहरी विकास मन्त्रालयद्वारा पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित विद्यार्थीहरुसँग मन्त्री कार्यक्रमको दोश्रो श्रृङ्खलामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरिङ पढेका विद्यार्थीहरुले आधुनिक र व्यवस्थित सहर निर्माणमा झनै ठूलो योगदान गर्न सक्ने बताउँदै उनीहरुसँग ठोस सुझाव समेत मागेका थिए ।

सहरी विकास मन्त्रीमा नियुक्त भए लगत्तै मन्त्री चौधरीले सबै तह र तप्काका नागरिकहरुसँग निरन्तर सुझाव लिने उद्देश्यले नै यसखाले कार्यक्रम तय भएको सचिवालय प्रमुख भूमान्डप केसीले जानकारी गराएका थिए ।

सहरी विकास, भवन निर्माण लगायत विषयमा स्नातकोत्तर गरेका विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति थियो । त्यसैगरि कलेजका थुप्रै पूर्वविद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले सहरीकरण व्यवस्थित गर्नेबारे सुझाव दिनुका साथै सरकारी धारणा समेत मागेका थिए ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेश सिंह, सहसचिव पद्म कुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा. इन्द्र प्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ०५ बजे

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी

न्यायालय कब्जा गर्न सरकार उद्यत रहेको सांसद बलावती शर्माको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सरकारले

राष्ट्रपतिको सम्बोधनका बेला प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसको आपत्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

मालपोत बाँकेमा लाइसेन्सवाला समूहको असुली धन्दा

नेपालगन्ज । सरकारले मालपोत लगायतका कार्यालयहरूबाट बिचौलिया हटाउने निर्णय गरेसँगै

श्रममन्त्रीको सचिवालयमा रहेका मुस्तकिम मियाँ अपहरण र शरीर बन्धक आरोपमा पक्राउ

जनकपुरधाम । श्रममन्त्री रामजी यादवको सचिवालयमा कार्यरत सवारी चालक मुस्तकिम