६ पुस २०८२, आइतबार | December 21, 2025

एजेन्डामा प्रवेश नगरी एन्फा बैठक स्थगित



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको छ ।

एन्फा मुख्यालय सातदोबाटोमा करिब दुर्इ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिँडेको स्रोतले बतायो ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिला कार्यसमिति बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषअध्यक्षमा क्रमशः किरण राई, नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरी नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएपछि अहिले त्यो निर्णय सच्चाउन खोजिएको कार्यसमितिका एक पदाधिकारीले बताए ।

आजको बैठकले सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्तीसँगै नेपालमा हुने तय भएको महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग (एनएसएल)को बारेमा निर्णय लिने बताइएको थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक बिरामी परेको भन्दै बैठक स्थगित भएपछि बैठक आजलाई बोलाएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ११ : ३९ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र