३० असार २०८३, मंगलबार | July 14, 2026

सत्ता साझेदार माओवादी केन्द्रले भन्यो ‘नाम फेरेर एसपीसी सम्झौता गर्ने तयारी गरियो’



काठमाडौं । नेकपा माओवादी केन्द्रले एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पत्राचार गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका प्रमुुख सचेतक देवप्रसाद गुरुङले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई रुलिङ गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने विषयमा अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेको थियो भने पत्राचार गर्ने विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले बताउँदै आएको छ । सरकारले निर्णय गरेको एक महिना पुगिसक्दा पनि पत्राचार नगरिएपछि सत्तासाझेदार दल माओवादी केन्द्रले सदन र सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारले निर्णय गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले पत्राचार गर्न आनाकानी गर्नु शंकास्पद रहेको गुरुङको भनाइ छ । एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

‘एसपीपी सम्झौता नहुने भएपछि अरु विकल्प नामहरुबाट कन्टेन्ट त्यही राखेर, सैन्य सम्झौताको कन्टेन्ट राखेर अरु विभिन्न नामबाट पनि वर्कआउट गरिरहेको बुझिन्छ । म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट नामबाट पनि प्रयास भइरहेको छ । योबाट पनि हुन सकेन भने एमसीसीमा टेकेर स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) गर्ने प्रयासहरू भइरहेको छ ।

जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेसनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भइरहेको छ । यो विषय गम्भीर विषय भएको हुनाले सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,’ गुरुङले बैठकमा भने ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ४ : २८ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले