२९ माघ २०८२, बिहिबार | February 12, 2026

बुटवलमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण : ११५ जनाको परिक्षण गर्दा १३ जना शँकास्पद



बुटवल । बुटवलमा महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको प्रारम्भिक परीक्षण शिविर संचालन गरिएको छ । नेवाः सेवा समिति, बुटवल, लायन्स क्लब अफ बुटवल तिलोत्तमा, तिलोत्तमा मायादेवी, नेवाः महिला सेवा समितिको संयुक्त आयोजना तथा नेपाल परिवार नियोजन रुपन्देही शाखाको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन गरिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नं ११ का पाँच वटा टोलका महिलाहरुको निशुल्क पाठेघरको निशुल्क परिक्षण शिविर संचालन गरिएको नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले जानकारी दिए ।

शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स डिष्ट्रिक ३२५ पिका डिष्ट्रिक गर्भनर एमजिएफ नवराज अधिकारीले स्वास्थ्यको बारेमा आम नागरिकमा सचेतनाको कमि रहेको बताए । नियमित जाँच महत्वपुर्ण हुने भएपनि यसबारे अनविज्ञ हुँदा सिकिस्त भएसम्म अस्पताल जाने संस्कार रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सरकारबाट गर्नुपर्ने कामलाई सामाजिक संघसंस्थाहरुबाट सहकार्य हुँदै आएको बताए। स्वस्थ्यमा पहुँच नपुगेका वर्गलाई यस्ता शिविरले सेवा मिल्ने उनले बताए।

कार्यक्रममा महिला तथा स्त्रिरोग विशेषज्ञ डा. सतिस रुपाकोटीले स्तन र पाठेघरको बारेमा प्रकाश पार्दै महिलामा हुने रोगहरुमा पाठेघरको क्यान्सर दोस्रो स्थानमा रहेको र महिलामा हुने क्यान्सर पहिलो समस्याकारुपमा रहेको उनले बताए ।

एक जना चिकित्सकसहित ६ जनाको टोलीले परिक्षणमा सहयोग गरेका थिए। शिविरमा हात्तिसुड, पवित्र, सत्यवति, नवीन र माझगाउ टोल विकास समितिमा बसोबास गर्ने एक सय १५ जनाको परिक्षण गरिएको कार्यक्रममा संयोजक कमलराज उदयले बताए । जसमध्ये १३ जनामा रिपोर्ट पोजिटिभ देखिएकाले थप जाँचका लागि सुझाव दिएको उनले बताए । ८० जनालाई निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।

कार्यक्रममा डिष्ट्रिक ३२५ पि फष्ट भिडिजि एमजिएफ अर्जुनमान सैजु, सेकेण्ड भिडिसि एमजिएफ पुरुपोत्तम प्रधानाङ्ग, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष नवीन श्रेष्ठ, तिलोत्तमा मायादेवीका अध्यक्ष लक्ष्मी थैवले महिलाहरुमा रहेको समस्यालाई शिविरले थोरै भएपनि सहयोग पुगेको धारणा राखे ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ४ : ४९ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका