१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

पाकिस्तानी दूतावासको सहयोगमा कागेश्वरी मनोहराको एक विद्यालयमा कम्प्युटर ल्याबको स्तरोन्नती



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित एक स्कुललाई कम्प्युटर ल्याबको स्तरोन्नती गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित श्रमशील विद्यापिठ स्कुलमा कम्प्युटर प्रयोगशालाको स्तरोन्नती गरिएको हो ।

पाकिस्तानी राजदूत सैयद हैदर शाह र वडा नं. ८ का वडाअध्यक्ष हरिभक्त पुडासैनीले एक कार्यक्रमका बीच सो ल्यावको संयुक्त रुपमा उद्घाटन गरेका छन् । पाकिस्तानको स्वतन्त्रताको ७५ औं वर्षको पूर्वसन्ध्यामा पाकिस्तानी राजदूतावासको सहयोगमा प्रयोगशालाको मर्मत र स्तरोन्नति गरिएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाअध्यक्ष पुडासैनीले नेपालको शिक्षा क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गरे ।

विद्यालयका अध्यक्ष कमलप्रसाद दाहालले पाकिस्तानी राजदूतावासको सहयोगको प्रशंसा गर्दै नयाँ र स्तरोन्नति गरिएको कम्प्युटर प्रयोगशालाले विद्यार्थीहरूको लागि बहुमूल्य सिकाइ उपकरण सावित हुने विश्वास व्यक्त गरे। उनले कम्प्युटर ल्याब स्तरोन्नतिमा पाकिस्तानको सहयोगले नेपाली विद्यार्थीहरूप्रति पाकिस्तानको मित्रता र न्यानोपन झल्काएको बताए ।

राजदूत सैयद हैदर शाहले शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा नेपालको सामाजिक–आर्थिक विकासका लागि पाकिस्तानी दूतावासले सहयोग गर्दै आएको बताए । उनले डिजिटल विभेदलाई कम गर्न कम्प्युटर साक्षरता अपरिहार्य हुने बताए । राजदूत शाहले नेपाली विद्यार्थीलाई सुलभ शुल्कमा उच्च गुणस्तरको शैक्षिक सुविधा उपलब्ध गराउन नेपालसँग मिलेर काम गर्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याए।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ७ : १० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित