३० भदौ २०८३, मंगलबार | September 15, 2026

७ वर्षपछि मात्र विदेशी महिलालाई वैवाहिक अंगिकृत नागरिकता दिनुपर्छ : खगराज अधिकारी



काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपालीसँग विवाह गरेको महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा मुल संशोधनकर्ताकातर्फबाट धारणा राख्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने अडान दोहोर्‍याएका हुन् ।

‘यसअघि पनि संसदीय समितिमा नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगिकृत दिने भन्ने सहमति भएको थियो,’ अधिकारीले बैठकमा भने, ‘सोही सहमतिका आधारलाई मानेर नागरिकता दिनुपर्ने व्यवस्था गर्नुपर्छ, नत्र मुलुक फिजीकरणको दिशातर्फ जाने देखिन्छ ।’

नागरिकताजस्तो संवेदनशील विषय ‘फास्ट ट्रयाक’ पारित गर्न नहुने भन्दै संसदीय समितिमा पुनस् पठाउनुपर्ने अधिकारीको माग छ ।

यसअघि संसदमा पेस गरेको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक पेस गरेपछि प्रतिनिधिसभा बैठकको जारी बैठकमा फास्ट ट्रयाकबाट पारित गराउन प्रयास भएपछि अधिकारीलगायतले आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १ : ५७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ