३० भदौ २०८३, मंगलबार | September 15, 2026

कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने मौद्रिक नीतिको लक्ष्य, ‘आर्थिक वृद्धिदर औसतभन्दा उच्च’



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन्।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएका छन् । अधिकारीले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएका छन् । कर्जा विस्तार उच्च हुँदा आयात समेत उच्च गतिले बढेर व्यापार घाटा, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढेपछि यसवर्षको मौद्रिक नीतिमार्फत त्यसमा कडाइ गरिएको हो ।

गभर्नर अधिकारीले न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादन केन्द्रित अर्थनीतिमा ध्यान दिने बताए ।

मौद्रिक नीतिमा शेयर कर्जाको अधिकतम सीमा रु १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

गभर्नर अधिकारीले चालू आर्थिक वर्ष आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएका छन् । अधिकारीले कोभिड महामारीका कारण उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने जिकिर गरेका छन् । तर, अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायतले आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने उनले विश्लेषण गरेका छन् । । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धिले समेत देशको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रभावित पार्न सक्ने मौद्रिक नीतिमा आंकलन गरिएको छ ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा समेत गरेका छन् । उनले कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने जनाए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ४४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ