१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने मौद्रिक नीतिको लक्ष्य, ‘आर्थिक वृद्धिदर औसतभन्दा उच्च’



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन्।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएका छन् । अधिकारीले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएका छन् । कर्जा विस्तार उच्च हुँदा आयात समेत उच्च गतिले बढेर व्यापार घाटा, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढेपछि यसवर्षको मौद्रिक नीतिमार्फत त्यसमा कडाइ गरिएको हो ।

गभर्नर अधिकारीले न्यूनतम ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादन केन्द्रित अर्थनीतिमा ध्यान दिने बताए ।

मौद्रिक नीतिमा शेयर कर्जाको अधिकतम सीमा रु १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

गभर्नर अधिकारीले चालू आर्थिक वर्ष आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएका छन् । अधिकारीले कोभिड महामारीका कारण उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने जिकिर गरेका छन् । तर, अमेरिकी डलरको मूल्य वृद्धि, व्यापार घाटा लगायतले आर्थिक वृद्धिको लक्ष्यमा चुनौती खडा गर्ने उनले विश्लेषण गरेका छन् । । यसका साथै, रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धिले समेत देशको आर्थिक वृद्धि गर्ने लक्ष्यलाई प्रभावित पार्न सक्ने मौद्रिक नीतिमा आंकलन गरिएको छ ।

गभर्नर अधिकारीले राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने घोषणा समेत गरेका छन् । उनले कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जालाई उपलब्ध गराइने जनाए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ४४ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि