१४ माघ २०८२, बुधबार | January 28, 2026

बजारभरि छ्यापछ्याप्ती पाइन्छन् तस्करीका चुरोट, दुवईबाट भारतहुँदै ल्याइएको करोडौंको चुरोट बरामद्



काठमाडौं । वीरगन्जको सुख्खा बन्दरगाहामा दुवईबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ ।

मुङ्गको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको हो । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइने भए पनि भन्सारमा तस्कारी हुँदै गर्दा बरामद भएको भने पहिलो घटना हो ।

नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुने गरी बढाए पछि अहिले चुरोट महंगो भएको छ । सोही कारण तस्करी गर्दा अत्याधिक फाइदा हुने देखेर तस्करहरु सल्बलाएको चुरोट उद्योगीहरु बताउँछन् ।

चुरोट एउटा यस्तो वस्तु हो जसको उत्पादन गर्न लाग्ने लागत भन्दा करको भार उल्लेख्य रुपमा बढी हुन्छ । नेपालमा उत्पादन हुने चुरोटमा कुल विक्री मुल्यको ५५ देखि ७०५ सम्म कर लाग्दैआएको छ । चुरोटमा अन्तशुल्क, स्वास्थ्य जोखिम कर, मुल्यअभिवृद्धि कर, भन्सार, अन्तशुल्क स्टिकर लगायतका कर असुली गरिन्छ ।

अहिले पनि काठमाडौंको मुख्य बजार क्षेत्रमा विदेशी गैर कानुनी चुरोट हरेक जसो पसल मै पाइन्छ । स्वदेशी चुरोट भन्दा सस्तो पर्ने, प्याकेजिङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदि कारणले यी गैर कानुनी चुरोटले बजार लिएको देखिन्छ ।

जानकारहरुका अनुसार नेपालमा चुरोटको अवैध व्यापार २ तरिकाबाट हुने गर्छ । वीरगन्ज भन्सारमा समातिएको जस्तो तेस्रो मुलुकबाट गैर कानुनी रुपमा तस्करी भइ काठमाडौं पोखरा लगायतका शहरमा हुने गैरकानुनी अन्तराष्ट्रिय ब्राण्डहरुको व्यापार यौटा रहेको छ । यस्तै अर्को, सिमावर्ती क्षेत्रमा सिमापारबाट नेपाली ब्राण्ड कै नक्कली चुरोट बनाइ गैर कानुनी रुपमा हुने व्यापार । सिमा क्षेत्रमा नेपाल कै सबैभन्दा धेरै बिक्रि हुने खुकुरी , शिखर लगायतका चुरोटहरु भारतमा गैर कानुनी रुपमा बनाइ , नेपालमा तस्करी गरी सस्तो मुल्यमा विक्री हुने गरेको पाइएको छ ।

मधेस प्रदेशका अधिकाशं जिल्लामा नक्कली चुरोटको व्यापार अधिक छ । सिमावर्ती क्षेत्रमा यसको व्यापार कानुनी चुरोट बाराबर नै रहेको त्यस क्षेत्रका व्यवसायीहरु बताउँछन् । नेपाल प्रहरी र राजस्व कार्यलयहरुले बेला बेलामा यस्ता गैर कानुनी चुरोट पक्राउ गरे पनि यो नियन्त्रण हुन सकेको छैन ।

गत वर्ष सुर्य नेपाल प्रालीको निवेदनमा भारतको मुजफ्फ्परपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कार्वाही समेत भएको थियो । यद्यपी, धेरै कर लाग्ने उत्पादन भएकोले कर छल्दा ठुलो मुनाफा हुने देखेर तस्करी नियन्त्रण हुन सकेको छैन ।

गरैकानुनी व्यापारले स्वदेशी उद्योग र नेपाल सरकार दुबैलाई उल्लेख्य मात्रामा नोक्सान पुर्याइरहेको छ । जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट, खैनी, गुट्खा लगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करी, र अवैध व्यापारका कारण राज्यले एक वर्षमा करीब ९५० करोडको राजस्व गुमाइ रहेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ०६ बजे

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २० र २१ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व-पश्चिम

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री