५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बजारभरि छ्यापछ्याप्ती पाइन्छन् तस्करीका चुरोट, दुवईबाट भारतहुँदै ल्याइएको करोडौंको चुरोट बरामद्



काठमाडौं । वीरगन्जको सुख्खा बन्दरगाहामा दुवईबाट भारत हुँदै आएको कन्टेनरमा ठुलो मात्रामा विदेशी चुरोट बरामद भएको छ ।

मुङ्गको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको हो । गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइने भए पनि भन्सारमा तस्कारी हुँदै गर्दा बरामद भएको भने पहिलो घटना हो ।

नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुने गरी बढाए पछि अहिले चुरोट महंगो भएको छ । सोही कारण तस्करी गर्दा अत्याधिक फाइदा हुने देखेर तस्करहरु सल्बलाएको चुरोट उद्योगीहरु बताउँछन् ।

चुरोट एउटा यस्तो वस्तु हो जसको उत्पादन गर्न लाग्ने लागत भन्दा करको भार उल्लेख्य रुपमा बढी हुन्छ । नेपालमा उत्पादन हुने चुरोटमा कुल विक्री मुल्यको ५५ देखि ७०५ सम्म कर लाग्दैआएको छ । चुरोटमा अन्तशुल्क, स्वास्थ्य जोखिम कर, मुल्यअभिवृद्धि कर, भन्सार, अन्तशुल्क स्टिकर लगायतका कर असुली गरिन्छ ।

अहिले पनि काठमाडौंको मुख्य बजार क्षेत्रमा विदेशी गैर कानुनी चुरोट हरेक जसो पसल मै पाइन्छ । स्वदेशी चुरोट भन्दा सस्तो पर्ने, प्याकेजिङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदि कारणले यी गैर कानुनी चुरोटले बजार लिएको देखिन्छ ।

जानकारहरुका अनुसार नेपालमा चुरोटको अवैध व्यापार २ तरिकाबाट हुने गर्छ । वीरगन्ज भन्सारमा समातिएको जस्तो तेस्रो मुलुकबाट गैर कानुनी रुपमा तस्करी भइ काठमाडौं पोखरा लगायतका शहरमा हुने गैरकानुनी अन्तराष्ट्रिय ब्राण्डहरुको व्यापार यौटा रहेको छ । यस्तै अर्को, सिमावर्ती क्षेत्रमा सिमापारबाट नेपाली ब्राण्ड कै नक्कली चुरोट बनाइ गैर कानुनी रुपमा हुने व्यापार । सिमा क्षेत्रमा नेपाल कै सबैभन्दा धेरै बिक्रि हुने खुकुरी , शिखर लगायतका चुरोटहरु भारतमा गैर कानुनी रुपमा बनाइ , नेपालमा तस्करी गरी सस्तो मुल्यमा विक्री हुने गरेको पाइएको छ ।

मधेस प्रदेशका अधिकाशं जिल्लामा नक्कली चुरोटको व्यापार अधिक छ । सिमावर्ती क्षेत्रमा यसको व्यापार कानुनी चुरोट बाराबर नै रहेको त्यस क्षेत्रका व्यवसायीहरु बताउँछन् । नेपाल प्रहरी र राजस्व कार्यलयहरुले बेला बेलामा यस्ता गैर कानुनी चुरोट पक्राउ गरे पनि यो नियन्त्रण हुन सकेको छैन ।

गत वर्ष सुर्य नेपाल प्रालीको निवेदनमा भारतको मुजफ्फ्परपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कार्वाही समेत भएको थियो । यद्यपी, धेरै कर लाग्ने उत्पादन भएकोले कर छल्दा ठुलो मुनाफा हुने देखेर तस्करी नियन्त्रण हुन सकेको छैन ।

गरैकानुनी व्यापारले स्वदेशी उद्योग र नेपाल सरकार दुबैलाई उल्लेख्य मात्रामा नोक्सान पुर्याइरहेको छ । जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट, खैनी, गुट्खा लगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करी, र अवैध व्यापारका कारण राज्यले एक वर्षमा करीब ९५० करोडको राजस्व गुमाइ रहेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ०६ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान