२३ बैशाख २०८१, आइतबार | May 6, 2024

सीमाको अवस्था बुझ्न मेयर र प्रजिअ सहित सुरक्षा टोलि बेलहिया नाकामा



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान सहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थितकरण र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।

नगर प्रमुख सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादव लगायतले बेलहिया नाकाको निरीक्षण गरेका छन् ।

कोभिड संक्रमणको ग्राफ बढ्दो अवस्थामा देखिएकोले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन, पिसिआर परिक्षण, व्यवस्थित होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टाइन लगायतको आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

त्यस्तै पैदलमार्ग हुदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकालाई ब्यवस्थित गरी सुन्दरीकरणका लागि समेत निरीक्षण गरिएको थियो ।

‘नाकाको अवस्थाले मुलुकको अवस्था नै दर्शाउने भएकोले बेलहियालाई सुन्दरीकरण गर्न निकै आवश्यक छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले भने, ‘जसका लागि नाकामा रहेको पार्किङ, बसपार्क, शौचालय, सडक, यत्रतत्र छरिएका व्यवसायको लगायत व्यवस्थापन गरिनेछ ।’

पर्यटकलाई मुलुकमा स्वागतका लागि बेलहिया नाकामा पर्यटकहरुलाई गुलाबको फुल दिएर स्वागत गर्ने योजना रहेको नगर प्रमुख खानले बताए । यस्तै सवारी साधन सहित भ्रमणका लागि आउने भारतीय पर्यटकलाई सवारी साधनको सुविधा÷भन्सारका लागि भन्सार कार्यालयमा सास्ती खेप्नु पर्ने भएकोले सहजताका लागि भन्सार कार्यालय काउन्टर थप गरिने उनले बताए ।

मुलुकमा पैसा खर्च गर्नका लागि पर्यटकहरु आउँछन् तर गाडीको सुविधा भन्सारका लागि उनीहरुलाई सास्ती खेप्नु परेको गुनासो आएको छ, उनले भने, पर्यटकहरुलाई हामीले स्वागत गर्नुपर्नेमा सास्ती दिइरहेका छौँ, त्यसैले भन्सारमा काउन्टर थपका लागि आग्रह गरेका छौँ ।

हाल भन्सार कार्यालयमा गाडीको सुविधा भन्सारका लागि दुई वटा काउन्टर रहेकोमा संख्या बढाएर ५ पुर्याउन आग्रह गरिएको छ ।

वर्षौ देखि निर्माणधिन अवस्थामा रहेको सडकलाई छिट्टै नै सम्पन्न गर्न आग्रह गरिएको र सडक सम्पन्न भएलग्त्तै नगरका योजनाहरु अघि सार्ने नगर प्रमुख खानले बताए ।

यसका साथै कोभिडको बढ्दो संक्रमणलाई हेरेर सीमाको ब्यवस्थापन चुस्त बनाईने उनले बताए । उनले अहिले तेश्रो मुुलुकबाट आउने पर्यटकहरु न्यून रहेको हुदा भारतीय पर्यटक र भारतबाट काम गरि फर्किने नेपालीहरुलाई लक्षित गरि चेकजाँचलाई तिव्र बनाउने पनि उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ४४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa