१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

सीमाको अवस्था बुझ्न मेयर र प्रजिअ सहित सुरक्षा टोलि बेलहिया नाकामा



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खान सहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थितकरण र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।

नगर प्रमुख सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उप–अनुसन्धान निर्देशक रमेशचन्द्र यादव लगायतले बेलहिया नाकाको निरीक्षण गरेका छन् ।

कोभिड संक्रमणको ग्राफ बढ्दो अवस्थामा देखिएकोले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा एन्टिजन, पिसिआर परिक्षण, व्यवस्थित होल्डिङ सेन्टरको निर्माण, क्वारेन्टाइन लगायतको आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

त्यस्तै पैदलमार्ग हुदै मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकालाई ब्यवस्थित गरी सुन्दरीकरणका लागि समेत निरीक्षण गरिएको थियो ।

‘नाकाको अवस्थाले मुलुकको अवस्था नै दर्शाउने भएकोले बेलहियालाई सुन्दरीकरण गर्न निकै आवश्यक छ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले भने, ‘जसका लागि नाकामा रहेको पार्किङ, बसपार्क, शौचालय, सडक, यत्रतत्र छरिएका व्यवसायको लगायत व्यवस्थापन गरिनेछ ।’

पर्यटकलाई मुलुकमा स्वागतका लागि बेलहिया नाकामा पर्यटकहरुलाई गुलाबको फुल दिएर स्वागत गर्ने योजना रहेको नगर प्रमुख खानले बताए । यस्तै सवारी साधन सहित भ्रमणका लागि आउने भारतीय पर्यटकलाई सवारी साधनको सुविधा÷भन्सारका लागि भन्सार कार्यालयमा सास्ती खेप्नु पर्ने भएकोले सहजताका लागि भन्सार कार्यालय काउन्टर थप गरिने उनले बताए ।

मुलुकमा पैसा खर्च गर्नका लागि पर्यटकहरु आउँछन् तर गाडीको सुविधा भन्सारका लागि उनीहरुलाई सास्ती खेप्नु परेको गुनासो आएको छ, उनले भने, पर्यटकहरुलाई हामीले स्वागत गर्नुपर्नेमा सास्ती दिइरहेका छौँ, त्यसैले भन्सारमा काउन्टर थपका लागि आग्रह गरेका छौँ ।

हाल भन्सार कार्यालयमा गाडीको सुविधा भन्सारका लागि दुई वटा काउन्टर रहेकोमा संख्या बढाएर ५ पुर्याउन आग्रह गरिएको छ ।

वर्षौ देखि निर्माणधिन अवस्थामा रहेको सडकलाई छिट्टै नै सम्पन्न गर्न आग्रह गरिएको र सडक सम्पन्न भएलग्त्तै नगरका योजनाहरु अघि सार्ने नगर प्रमुख खानले बताए ।

यसका साथै कोभिडको बढ्दो संक्रमणलाई हेरेर सीमाको ब्यवस्थापन चुस्त बनाईने उनले बताए । उनले अहिले तेश्रो मुुलुकबाट आउने पर्यटकहरु न्यून रहेको हुदा भारतीय पर्यटक र भारतबाट काम गरि फर्किने नेपालीहरुलाई लक्षित गरि चेकजाँचलाई तिव्र बनाउने पनि उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ४४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित