४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैनः इमरान खान



इस्लामाबाद । पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए ।

‘हामी श्रीलंकाको अवस्थाभन्दा टाढा छैनौं जब हाम्रा जनता सडकमा उत्रनेछन्’, खानले भने । पाकिस्तानको ३० वर्षसम्म लुटेर अवैध रूपमा जम्मा गरिएको सम्पत्ति बचाउनको लागि तीन महिनामा जरदारी – शरीफको माफियाले देशलाई राजनीतिक र आर्थिक रूपमा देशलाई घुँडा टेकाएको छ ।

खानले यसअघि आफू सत्ता ढल्नुमा अमेरिकालाई दोष लगाएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको