११ पुस २०८२, शुक्रबार | December 26, 2025

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न आयोगले सुरु गर्यो गृहकार्य



काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न गृहकार्य सुरु गरेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न मतदानस्थल र मतदानकेन्द्र पुनरावलोकन कार्ययोजना समेत बनाई सुरु गरिसकेको आयोगले जनाएको छ ।

‘यसको लागि २०७९ साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी आयोगको २०७९ असार ३१ गतेको निर्णय अनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको छ,’ आयोगले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

सोही कार्यलाई प्रभावकारी बनाउन आज मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको वैठक बसेको थियो ।

बैठकले आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : १७ बजे

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा