३० भदौ २०८३, मंगलबार | September 15, 2026

सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन गगन थापाको माग



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन बनिनसकेको र भएको पनि प्रभावकारीरुपमा कार्यान्वयन नभएको बताए । उनले मुलुकमा व्यापक कर छली र भ्रष्ट्राचार बढिरहेको सन्दर्भमा समष्टिगत मूल्यप्रणाली कमजोर रहेको विज्ञहरुले औँल्याइरहेको भन्दै वास्तविकता सार्वजनिक गर्न आग्रह गरे ।

फाइनान्सियल एक्सन टाक्सफोर्ससँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनिलन्ड्रिङको नेपाल सदस्य हो । इपिजीको परस्पर मूल्याङ्कन आगामी अक्टोबर नोभेम्बरमा हुने सुनिएको र यस्तो मूल्याङ्कन मूलतः हाम्रो कानुनी व्यवस्था र कार्यान्वयन र यसको प्रभावकारिताका आधारमा गरिने भएकाले नेपाललाई कालोसूचीमा पर्न नदिन बेलैमा तयारी गरिनुपर्ने सांसद थापाको भनाइ छ ।

सांसद थापाले कालोसूचीमा परे विप्रेषण र आयातमा निर्भर नेपालजस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने एलसी खोल्न नपाउने अवस्था आउन नदिने गरी तयारी गर्न आग्रह गरे । थापाले भने, “मूल्याङ्कनका ४० सूचकाङ्कमा नेपालको अवस्था के छ, विज्ञहरुले आशङ्का गरेको जस्तो कालोसूचीमा पर्न नदिन सरकारले के कस्तो तयारी गरिरहेको छ, त्यो सदनलाई जानकारी गराउन माग गर्दछु ।”

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : १८ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको