४ पुस २०८२, शुक्रबार | December 19, 2025

महिला युरो: फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा



काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो ।

एलेक्जान्ड्रा पोपले खेलको ४० औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन । पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो । ७६ औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिस्चित गरिन ।

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इंग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ०३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको