२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीलाई निर्वाचन आयोगको मान्यता



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए । निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।

निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको भट्टराई समूहका नेता विश्वदीप पाण्डेले बताए । यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएको अवस्थामा भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा समावेशी लोकतान्त्रिक पार्टी नामको दल गत ५ फागुनमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।

समावेशी लोकतान्त्रिक पार्टी बाटठ रुपान्तरित भएर बनेको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्ने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ६ : ३९ बजे

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई