७ बैशाख २०८३, सोमबार | April 21, 2026

विश्व हेपाटाईटिस दिवसमा विविध सचेतना कार्यक्रम



बुटवल । जुलाई २८ अर्थात विश्व हेपाटाईटिस दिवस २०२२ विश्वभर विविध कार्यक्रम गरि मनाईएको छ । विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जना ब्यक्तिको मृत्युको कारण बनेको हेपाटाइटिस रोगबारे सचेतना जगाउने उदेश्यका साथ रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालले बुटवलमा बिहिबार सचेतना तथा निशुल्क परिक्षण कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रमका संयोजक तथा पेट रोग विशेषज्ञ डा. दिनेश गौतमले नेपालमा अझै पनि यो रोग लुकाउँदा दीर्घकालसम्म पिडामा रहनुपर्ने अवस्था रहेको बताए । यो रोग लागुपदार्थ सेवनकर्ताले प्रयोग गर्ने सुईबाट, आमाबाट बच्चामा सर्ने, यौन सम्पर्क, रगत चढाउदा पनि सर्ने सम्भावना रहने उनले बताए । हेपाटाईटिस ए, बि, सि, डि र ई गरि विभिन्न प्रकारका हुन्छन । छिमेकी देश भारतमा भने अत्याधिक रुपमा अपरिचित जडिबुटीका कारण यो रोग देखिने गरेको छ । नवजात शिशुलाई हेपाटाइटिस बि खोप जुन डिपिटि खोपमा गाभिएको हुन्छ । प्रारम्भिक रुपमा बिरामी थकान हुने तथा बिस्तारै कलेजो गाठा पर्ने, जण्डिस जस्ता समस्याहरु देखिने गर्दछ । उनले भने ।

कार्यक्रममा हाईब्रिड नेपालका वर्ष २०२२/२०२३ का अध्यक्ष प्रकाश बस्नेतले हेपाटाइटिस बि भाईरस पत्ता लगाउने र यसको रोग पत्ता लगाउने विधि र खोपका निमार्ता नोबेल पुरस्कार विजेता बारुच स्यामुएल ब्लमवर्गको जन्मदिनको सम्मानमा उनकै जन्मदिन जुलाई २८ मा मनाईदै आएको बताए । अघिल्लावर्ष सुधार गृहमा परिक्षण तथा सचेतना कार्यक्रम गरिएको उनले बताए । रुपन्देहीमा बिरामीको वास्तविक तथ्याक नै नभएको बताए । बिरामीहरु उपचारका लागि बाहिर जाने हुदा पनि वास्तविक तथ्याक भेटिन गारो भएको उनले बताए ।

क्लबका मेम्बर चेयर डा. रजत कायस्थ, सहसचिव यसोधा बगाले भाईरल हेपाटाईटिस बारे मानिसहरुलाइ रोकथाम, निदान र उपचारको सचेतना गरि वास्तविक परिवर्तन गर्ने उद्येश्यका साथ कार्यक्रम गरिएको बताए । रुपन्देहीमा रहेका तेस्रोलिगिहरुको हेपाटाइटिस बि र सि को निशुल्क परिक्षण समेत गरिने उनले बताए। सरकारी अस्पतालबाट सुविधा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ४० बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका