१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रुपन्देहीमा एक हजार चोरेको निहुमा श्रीमतीको हत्या



बुटवल । रुपन्देहीको कञ्चन गाँउपालिका डेलरका एकजना पुरुषले एक हजार पकेटबाट निकालेको निहुमा आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कञ्चन गाउँपालिका(१ डेलरमा बस्ने यमबहादुर थापाले गोजीबाट एक हजार निकालेको निहुमा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको प्हरीले जनाएको छ । डेलरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिईन् ।

सोही घटनाको अनुसन्धानबाट साबित्रीको उनकै श्रीमानले हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए । शवको प्रकृति हेर्दा मृतकलाई टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरु र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरिरका विभिन्न भागमा निलडामहरु समेत देखिएको मरासिनीले बताए ।

प्रहरीले दिएको जानकारी अनुसार मंगरबार साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा मादक पदार्थ सेवन गरी आई सुतेकोमा उनकी श्रीमति सावित्री थापाले सोही दिन साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ लिई रक्सी किनेर खाई रातको समयमा आई श्रीमती सावित्री थापा सोहि कोठाको भुँईमा, श्रीमान यम बहादुर थापा र छोरा खाटमा सुतेका थिए ।

रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भनि कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती हत्याको आरोपमा यम बहादुर थापा क्षेत्रीलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको प्रहरी निरिक्षक मरासिनीले बताए ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ८ : १२ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार