२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेश संसदीय समितिः कार्यकाल सकिनै लाग्दा बल्ल पूर्णता



बुटवल । सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् ।

लुम्बिनीमा डेढ वर्षदेखि चारवटा विषयगत समिति सभापति नहुँदा कामबिहीन थिए । जसका कारण संसदको काम कारवाहीमै प्रत्यक्ष असर परेको थियो । चारवटा विषयगत समिित मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेले पाएको छ । सत्तारुढ गठबन्धनले एमालेलाई विषयगत समितिको नेतृत्व दिन नचाहेका कारण समितिको सभापति चयमा ढिलाई भएको हो ।

तर अन्तिममा सत्तारुढ दलहरु काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमालेलाई तीनवटा समितिको सभापति दिन तयार भएका हुन् । जस अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी, अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभामा समितिका सभापतिका लागि एकल उम्मेदवारी परेपछि सभापतिहरु निर्विरोध भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति रहेका दधिराम न्यौपाने र कृषि, वन तथा वातावरण समितिको सभापति रहेका विजयबहादुर यादवको सांसद पद गुमेपछि सभापति पद रिक्त थिए । यस्तै सामाजिक विकास समितिको सभापति रहेका दीर्घनारायण पाण्डेले सांसदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो भने लेखा समितिका सभापति रहेका डिल्ली चौधरी मन्त्री बनेपछि सभापति पद रिक्त रहेको थियो । लेखा समितिको सदस्यहरूमा भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धमकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गिता थापा सदस्य रहेका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समिति सदस्यहरुमा थानकुमारी थापा चापागाई, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर, निर्मला मुडवरी भट्टराई रहेका छन् । कृषि वन तथा बातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल, अष्टभुजा पाठक, रुन्धावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारु सदस्य रहेका छन् ।

सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा बिक सदस्य रहेका छन् । लुम्बिनीमा यी सहित प्रदेश मामिला तथा कानून समिति, भौतिक पूर्वाधार विकास समिति र विशेषाधिकार समिति गरी सातवटा विषयगत समिति रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ८ : २२ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं