२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

संसदीय छानबिन समितिको निष्कर्ष : सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्छ



काठमाडौं । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको विषयमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैमा जोडिएर, सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि छुट्टै अध्ययन गर्न पनि सुझाव दिइएको छ ।

‘सिंहदरवार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै निकायमा सीसीटीभी प्रणाली व्यवस्थित गर्न र सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ’ सुझाव तथा निष्कर्ष खण्डमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकसमक्ष पेस गरेको छ ।

समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो । समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो । १७ दिनको कार्यावधिमा २३ वटा बैठक बसी ७५ घण्टा समय व्यतित् गरेको भन्दै कर्णले सीसीटीभीको फुटेज र फुटेजमाथि फरेन्सिक विज्ञहरुलाई बोलाएर छलफल गरेर प्रतिवेदन तयार गरेको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ३ : ५७ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)