६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुटवलको सडकको ठेक्का सम्झौता तोड्ने आयोजनाको चेतावनी



बुटवल । बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलको सडक विस्तारको ठेक्का तोड्ने चेतावनी दिएको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि लविङ गरिरहेका बेला आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक बिस्तारका लागि सम्झौता भएको ६ वर्ष पुगेको छ ।

आयोजनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै ६ वर्षसम्म पनि सडक विस्तारको काम पूरा नगरेको भन्दै स्पष्टीकरणसहित ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएको हो । आयोजनाले प्रकाशित गरेको सार्वजनिक सूचनामा बेलहिया–बुटवल ठेक्का सम्झौता अन्त्य किन नगर्ने ? भन्दै प्रश्न गरिएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाले प्रकाशित गरेको सूचनामा बेलहिया–बुटवल सडकले बुटवल सडकको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका र बाह्य समस्याविना पनि लामो समयसम्म निर्माणको कार्य रोकिएको उल्लेख छ । सो ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानासिव कारण भए सात दिनभित्र भरपर्दो स्पष्टीकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सिओसी तथा प्रचलित ऐन, नियमअनुसार कानुनी कारबाही अगाडि बढाउने आयोजनाको भनाइ छ ।

आयोजनाले तीन वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ । बिरुवा कन्स्ट्रक्सन प्रालिमध्ये बानेश्वर काठमाडौंले लिएको ठेक्का नं टिआरआईपी ३३७३१२४/ विवि/०७३/०७४–००१, बिरुवा–श्रेष्ठ–एपेक्स जेभी काठमाडौंको ठेक्का नं. टिआरआईपी /३३७३१२४/विवि ०७१/०७२–००२ र द कञ्चनजंगा–बिरुवा जेभी, मध्य बानेश्वर काठमाडौंले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी र ३३७३१२४/ विवि ०७३/०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी तीनवटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ०८ बजे

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा