५ पुस २०८२, शनिबार | December 20, 2025

अमरज्योति सहकारीद्वारा दुर्घटना विमा बापतको रकम हस्तान्तरण



बुटवल । बुटवल-११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य स्वर्गीय पशुपति भट्टराईको दुर्घटना विमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

बुटवल-१० कालिकानगरमा बस्दै आउनुभएका संस्थाका शेयर सदस्य भट्टराईको गत जेठ ६ गते ६७ वर्षको उमेरमा दुर्घटनामा परि मृत्यु भएको थियो । आज एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष केशवराज पोखरेलले स्वर्गीय भट्टराईकी श्रीमती इन्द्रकला भट्टराईलाई रु ५ लाख बराबरको चेक रकम हस्तान्तरण गरेका हुन् ।

संस्थाका अध्यक्ष पोखरेलको अध्यक्षता तथा सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको उक्त कार्यक्रममा नेको इन्सोरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख रमेश थापाले भट्टराईको निधन प्रति दुःख व्यक्त गर्दै संस्थाले उपलब्ध गराएको आर्थीक सहयोगले परिवारलाई थोरै भएपनि मलमपट्टीको काम गर्ने बताए । शेयर सदस्यको लागि सहकारीको विमा योजना कार्यक्रम अत्यन्तै सर्हानीय र प्रशंसनिय भएको भन्दै उनले विमाको लागि आफ्नो संस्थालाई अवसर प्रदान गरेकोमा आभार प्रकट गरे ।

सहकारीका कार्यकारी अध्यक्ष पोखरेलले भट्टराईको घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न परिस्थितिमा शेयर सदस्यको लागि सारथीको भूमिका निर्वाह गर्ने उद्येश्यले सहकारीले विमा कार्यक्रम ल्याएको जानकारी दिए ।

दुर्घटना विमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, कोषाध्यक्ष मेघराज पन्थ, लेखा संयोजक तुलसा शर्मा लगायत संस्थाको सञ्चालक समिती र उपसमितीका सदस्यहरको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : १२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता