३० भदौ २०८३, मंगलबार | September 15, 2026

रूसले युक्रेनलाई विश्व मानचित्रबाट मेट्ने प्रयास गर्दैछ : राजदूत लिन्डा थोमस



एजेन्सी । संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् ।

सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकामा अब कुनै शङ्का नरहेको बताइन् ।रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन् ।

रूसले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएर त्यसको आधार निर्माण गरिरहेको उनले दाबी गरिन् । अमेरिकी राजदूतले रूसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रूसको युद्धको लक्ष्य पनि त्यही नै भएको अभिव्यक्ति दिएको बैठकमा स्मरण गराइन् ।

विदेशमन्त्री लाभरोभले गत आइतवार कायरोमा भएको अरब शिखर सम्मेलनमा युक्रेनमा मस्कोको मुख्य लक्ष्य आफ्ना जनतालाई अस्वीकार्य शासनबाट मुक्त गर्नु हो भनेका थिए । मस्कोको युद्धको उद्देश्य पूर्वमा डोनेस्क र लुहान्स्क सम्मिलित युक्रेनको औद्योगिक डोनबास क्षेत्रभन्दा बाहिर फैलिएको स्पष्ट गर्दै उनले युक्रेनी जनतालाई जनविरोधी वर्तमान शासनबाट मुक्त हुन मद्दत गर्नेछौँ भनेका थिए ।

रसियाका नायब राजदूत दिमित्री पोल्यान्स्कीले पनि सुरक्षा परिषद्मा युक्रेनलाई पूर्णरूपमा निःशस्त्रीकरण गरिने बताए । डोनबासमा रूस वा युक्रेनबाट जोखिम हुन नहुने भन्दै उनले धेरै वर्षपछि त्यहाँका जनताले पहिलोपटक आफूले चाहेजस्तो जीवन बिताउन पाएका बताए । पोल्यान्स्कीले लामो दूरीमा प्रहार गर्नसक्ने रकेटसहितका हतियार आपूर्ति गर्ने पश्चिमा देशलाई चेतावनी दिँदै रूसी सैन्य कारबाही त्यसलाई परास्त गर्नका निम्ति पनि भएको बताए ।

युक्रेनी नागरिकले आफूले विश्वास गर्ने देश रोजेका बताउँदै रूसी कूटनीतिज्ञ पोल्यान्स्कीले युक्रेनको राजनीतिक र सैन्य नेतृत्वमा फस्टाएको भ्रष्टाचार त्यसको कारक भएको दाबी गरे । उनले पश्चिम राष्ट्रबाट युक्रेनलाई उपलव्ध गराइएका घातक हतियार युरोपसम्म फैलिने चेतावनी पनि दिए ।

पश्चिमा देशका हतियारले केवल युक्रेनी जनताको पीडा बढाएको दाबी गर्दै उनले आफ्नो देशले गरेको विशेष सैन्य अभियानका उद्देश्य हासिल हुने भइछाड्ने बताए । साथै उनले आगोमा इन्धन थप्नुको कुनै अर्थ नभएको दोहो¥याए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ६ : १० बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा