१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मुगु जाँदै गरेको जिप जुम्लामा दुर्घटना, एक जनाको मृत्यु



वीरेन्द्रनगर । सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नंको जिप दुर्घटनामा परेको छ ।

जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका-२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ११ : २४ बजे

रुपन्देहीको मोर्डन स्कुलको वार्षिक उत्सव सम्पन्न

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका बुद्धनगरमा रहेको रुपन्देही मोर्डन बोडिङ्ग

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका