१८ माघ २०८२, आइतबार | February 1, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए । पानी परिरहेकाले पहिरो पन्छाउन सकस भइरहेको उनको भनाइ छ ।

पहिरोले सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधन बाटोमै रोकिएका छन् । दुवै तर्फ सवारी साधनको लाइन लागेको छ ।

वर्षात शुरु भएसँगै यो सडक पहिरोले अवरुद्ध हुँदै आएको छ । दैनिकजसो सानोठूलो पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री