१८ माघ २०८२, आइतबार | February 1, 2026

पहिरोले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध



लमजुङ । लगातारको वर्षाका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्। पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे-बेँसीसहर-चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे-बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक-पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : २२ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री