१८ माघ २०८२, आइतबार | February 1, 2026

मुगुकी सुत्केरी महिलाको टाउकोमा रगत जमेपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार



जुम्ला । मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगूम कार्मारोङ गाउँपालिका –३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिनअघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उनले भने, ‘लामाकाे टाउकाेमा रगत जमेकाले तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरोसम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।’

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दावक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार यसअघि यसरी उद्धार गर्नुपरेको थिएन । जटिल केश भएका कारण अहिले उद्धार गर्नुपर्ने अवस्था आएको उनकाे भनाइ छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ५० बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा