१८ माघ २०८२, आइतबार | February 1, 2026

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते



भरतपुर । चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । उक्त माइक्रोमा अधिकांश मुक्तिनाथ बिकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको बताइएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ०५ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा