५ चैत्र २०८२, बिहिबार | March 19, 2026

साफ यू २० : बंगलादेशसँग आज नेपाल भिड्दै



काठमाडौं । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । नेपाल र बंगलादेशको खेल अपराह्न ४ः१५ बजे हुनेछ ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोर्दै ६ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेशमा भने तीनै खेलमा जित हासिल गरेर ९ अंकसहित शीर्षस्थानमा छ ।

त्यस्तै, तीन खेलमा दुई जित र एक हार ब्यहोरेको भारत पनि ६ अंकसहित गोल अन्तरका आधारमा नेपालभन्दा माथि दोस्रो स्थानमा छ । अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले फाइलनमा पुग्न बंगलादेशलाई हराउनुपर्नेछ भने मालदिभ्सले पनि भारतलाई हराउनुपर्नेछ वा बराबरी खेल्नुपर्नेछ । आजै साँझ ७ः१५ बजे भारत र मालदिभ्स भिड्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०१ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई