१८ माघ २०८२, आइतबार | February 1, 2026

साफ यू २० : बंगलादेशसँग आज नेपाल भिड्दै



काठमाडौं । साफ यू-२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । नेपाल र बंगलादेशको खेल अपराह्न ४ः१५ बजे हुनेछ ।

नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोर्दै ६ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेशमा भने तीनै खेलमा जित हासिल गरेर ९ अंकसहित शीर्षस्थानमा छ ।

त्यस्तै, तीन खेलमा दुई जित र एक हार ब्यहोरेको भारत पनि ६ अंकसहित गोल अन्तरका आधारमा नेपालभन्दा माथि दोस्रो स्थानमा छ । अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोली उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले फाइलनमा पुग्न बंगलादेशलाई हराउनुपर्नेछ भने मालदिभ्सले पनि भारतलाई हराउनुपर्नेछ वा बराबरी खेल्नुपर्नेछ । आजै साँझ ७ः१५ बजे भारत र मालदिभ्स भिड्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ०१ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज