२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जापानमा नेपाल फेस्टिबल, १ लाख भन्दा बढी अवलोकनकर्ता



टोकियो । जापानमा नेपाल फेस्टिबल मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो ।

राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिवल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

फेस्टिवललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो । फेस्टिवल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना गरेका थिए ।

उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी र फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागिता थियो। यस्तै फेस्टिवलमा टोकियोमा रहेका आधा दर्जन विदेशी नियोगका प्रतिनिधिहरु सहभागी थिए ।

फेस्टिवलमा नेपालको पर्यटन, मौलिक कला संस्कृति, सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक खाना परिकारहरु प्रर्दशन गरिएका थिए ।

फेस्टिबलमा झण्डै दुई दर्जन नेपाली व्यवासायीको स्टल राखिएको थियो । फेस्टिबल अवधिभर निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो ।

राजधानी टोकियो र आसपासका प्रान्तसहित सबैभन्दा टाढाको ओकिनावा, होक्काइदोबाट समेत नेपालीहरु फेस्टिबलमा सहभागी भएका थिए । झण्डै १ लाखले फेस्टिबलको अवलोकन गरेको बताइएको छ ।

नेपालीबाहेक जापानी, बेलायती, अमेरिकी, भारतीय, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन तथा युरोपियन देशका जापानमा बस्ने दर्जनौं विदेशीहरुले फेस्टिबलको अवलोकन गरेका थिए ।

नेपालको भौगोलिक विविधता, कला संस्कृति, रितिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्यले जापानमा हरेक वर्ष नेपाल फेस्टिबल आयोजना गरिन्छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ