१८ माघ २०८२, आइतबार | February 1, 2026

किरण माल्दिभ्समा दोस्रो पटक सर्बोत्कृष्ट गोलरक्षक घोषित



काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग-२०२२ को सर्बोत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो ।

चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो । एक खेलमा हार बेहोर्‍यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।

यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५५ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज