७ आश्विन २०८३, बुधबार | September 23, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध



चितवन । पहिरोले नारायणगढ-मुग्लिन सकड फेरि अवरुद्ध भएको छ ।

गएराति ११ बजे पहिरो खसेपछि नारायणगढ-मुग्लिन सकड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए ।

यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको उनले बताए । यसैगरी, इच्छाकामना गाउँपालिका-६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ ।

यसअघि आइतबार राति पनि पहिरो गएको थियो । सोमबार बिहानै पहिरो पन्छाएर सडक सञ्चालनमा आएको थियो। फेरि गएरातिदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रु बाटोमै रोकिएका छन् । सवारी साधनको लामो लाइन लागेको प्रहरीले जनाएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन गाह्रो भएको डीएसपी अधिकारीले बताए । सडक नखुल्दासम्म यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११