२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नारायणीमा पानीको सतह बढ्दै : उच्च सतर्कता अपनाउन आग्रह



नवलपुर । नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित हुने जनाउँदै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । “पानी निरन्तर परिरहेको छ, नारायणी नदी बढ्दो क्रममा छ”, उनले भने, “नारायणी नदी बढेर जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ, त्यसैले नदी तटीय बासिन्दाले उच्च सतर्कता अपनाउनुहोला ।”

आइतबार रातिदेखि निरन्तररूपमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै गएको हो ।

सो नदीमा मंगलबार बिहान पानीको सतह सात दशमलव १८ मिटर पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तह मानिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ११ : २७ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा