२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज



रुपन्देही । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज गरेको कोषका सदस्य सचिव सनुराजा शाक्यले जानकारी दिए ।

संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो । सोही प्रस्ताव यसअघि स्वीकृत गरिएको थियो । तर, लुम्बिनी विकास गुरूयोजनाविपरीत रहेकाले सो निर्णय परिषद् बैठकले खारेज गरिदिएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले गौतमबुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचिकृतका लागि अन्तर्राष्ट्रिय विज्ञ समावेश गरेर नोमिनेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृतका लागि प्रक्रिया अघि बढाउन गठित समितिको प्रस्तावमा अष्ट्रेलियाका डङकन मार्सललाई विज्ञको रुपमा समावेश गर्ने निर्णय भएको सदस्य सचिव शाक्यले बताए । परिषद् बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नोभेम्बरमा गर्ने निर्णय गरेको छ ।

यसैगरी लुम्बिनी र पाल्पाको तानसेनलाई बुद्ध सर्किटमा जोडेर लैजाने निर्णय पनि भएको छ । सदस्य सचिव शाक्यका अनुसार बैठकले दुई महिनाभित्रै लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा परिषद्का अध्यक्ष श्रेष्ठले लुम्बिनी र तिलौराकोटका पर्यटकीय सम्पदा र पुरातात्विक क्षेत्रको विकासका लागि पुरातत्व विकाससँग समन्वय गरी मन्त्रालयस्तरबाटै काम अघि बढाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ०९ बजे

भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय

धम्कीबाट विचलित नभै ट्रेड युनियन अधिकारको पक्षमा उभिन भवानी दाहालको आह्वान

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले

हात्तीसारमा जन्मिए चार छावा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको