१२ बैशाख २०८१, बुधबार | April 24, 2024

घुससहित पक्राउ परेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद



घूससहित

काठमाडौं । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घूसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए ।

सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएकोलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।

त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ३६ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।