१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केराबारीमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन । एक दिनपछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा गएराति २ बजे पुन: पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए । पहिराले सडक पुन: अवरुद्ध भएको छ ।

यसअघि सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । मंगलबार दिनभर लागेर पहिरो पन्छाएपछि राति १० बजेदेखि सञ्चालनमा आएको थियो ।

सञ्चालनमा आएको चार घण्टामै फेरी पहिरो खसेर सडक अवरुद्ध भएको डीएसपी अधिकारीले बताए । उनका अनुसार केराबारीमा पहाडको ढिस्को सहित पहिरो खसेको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् । सडकमा गाडीका लामो लाइन लागेको छ ।

यो सडकमा बारम्बार पहिरो खस्दै आएको छ । वर्षायाम शुरु भएयता दर्जनौं पकट सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ५३ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७